मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध हुने

मंगलबार, असोज ३० २०८०
नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध हुने

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

काठमाडौं- नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहजरुपमा कर्जामा उपलब्ध हुने भएको छ।

गाडी किन्दा ग्राहकहरुलाई छिटोछरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबि बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यो योजना सीजी मोटर्सका सम्पूर्ण आधिकारिक बिक्रेताबाट नेपालभरी लागु हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन्। 

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ। जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ। प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउने छन्।

साथै हाल नेटा भीमा डिक्की फुल अफरसम्बन्धी ग्राहकलक्षित योजना पनि चलिरहेको छ। जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend