मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

मंगलबार, असोज ३० २०८०
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

यस किसिमको सहयोगबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर प्रदान गरेको छ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर हस्तान्तरण गरेको हो।

प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र, कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।

यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज ३० २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend