बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवीकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ३० २०८०
नवीकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको दीगो वित्तिय उपकरण व्यवस्थापनसम्बन्धी तालिम कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तिय उपकरण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ।

मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरणसम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन्।

यस्तै इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापनसम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ।

चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौंमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरिएको थियो।

उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो। सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन्।

इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend