बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पारा खेलाडीहरुको विकास र प्रशिक्षणका लागि एनपीसीसँग एनसेलको सहकार्य 

मंगलबार, असोज ३० २०८०
पारा खेलाडीहरुको विकास र प्रशिक्षणका लागि एनपीसीसँग एनसेलको सहकार्य 

एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपीसीसँग सहकार्य गरेको छ।

काठमाडौं- यही कार्तिक ०५ गतेदेखि ११ गतेसम्म चीनमा हुन लागेको चौथौ पारा एसियन गेम्समा सहभागी हुन चीन जाने तयारीमा रहेका नेपाली खेलाडीहरुका लागि बिदाई कार्यक्रम गरेको छ। बिदाई कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले तिहासिक सफलताको शुभकामना दिए।

पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ। पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा सहभागिता जनाउन १९ जना पारा खेलाडीहरु आज राति चीन जाँदैछन्। यस वर्ष पारा एसियन गेम्समा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने,'आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन्। भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ।'

एनपीसीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले भने, 'हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौसला र प्रत्येक खेलाडीहरुमा रहेको आत्मविश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौँ।'


प्रकाशित : मंगलबार, असोज ३० २०८००६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend