मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

मंगलबार, असोज ३० २०८०
भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

दसैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २५ सयको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ।

काठमाडौं- भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर मिल्ने भएको छ। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र भाटभटेनीको सहकार्यमा 'ग्रेट भाटभटेनी कार्निभल' कार्यक्रममार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्नेछन्।

दसैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २५ सयको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ।

असोज २८ गतेदेखि सुरु भएको यो अफर पुस २५ गतेसम्म सञ्चालन हुनेछ। सन् २०२४ को पहिलो साता लक्की ड्रमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ। यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुनेछ। 

टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो। कम्पनीका अनुसार यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरु रहेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend