मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

मंगलबार, असोज ३० २०८०
आज पनि घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

मंगलबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। यो साता आइतबार एकैदिन दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको हो। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend