मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

किलोको १ सय १५ रुपैयाँभन्दा धेरै मूल्यमा चिनी नबेच्न सरकारको निर्देशन

एभरेष्ट मिल्सले खुद्रा व्यापार संघलाई चिनी दिने, भाटभेटनीले सरकारकै निर्देशित मूल्यमा बिक्री गर्दै

मंगलबार, असोज ३० २०८०
किलोको १ सय १५ रुपैयाँभन्दा धेरै मूल्यमा चिनी नबेच्न सरकारको निर्देशन

संघले आफ्ना सदस्यहरूलाई चिनी दिने उनीहरूले उपभोक्तालाई बिक्री गर्नेछन्। 


काठमाडौं- चाडपर्वमा देखिएको चिनी अभाव पूर्तिका लागि सरकारले बेभरेज कम्पनीले उद्योगमा होल्ड गराएको चिनी खरिद गरेर बिक्री गरिरहेको छ। तर निजी पसलहरुमा चिनी सहज पाउने अवस्था छैन।

बजारमा चिनी पाउन नसकिए पनि व्यापारीसँग गोदाममा चिनी रहेको भन्दै सरकारले लागत मूल्यमा ३ रुपैयाँ मात्रै नाफा खाएर बिक्री गर्न सुझाव दिएको छ। व्यापारीले उद्योगबाट ९५ रुपैयाँमा  चिनी उठाएकाले सस्तोमा चिनी बिक्री गर्न सरकारले निर्देशन दिएको छ।

उक्त चिनीमा भ्याट र ढुवानी तथा अन्य लागत जोड्दा व्यापारीको लागत १ सय ११ रुपैयाँ ६५ पैसा परेको हुँदा अधिकतम ३ रुपैयाँ नाफा खाएर १ सय १४ देखि १ सय १५ रुपैयाँमा व्यापारीलाई चिनी बिक्री गर्न सुझाव दिएको हो। १ सय १५ रुपैयाँसम्म चिनी बिक्री गर्दा सरकारले कुनै कारबाही नगर्नेसमेत आश्वासन दिएको छ।

भाटभटेनी सुपर मार्केटले पनि ९५ रुपैयाँ उद्योगबाट उठाएको चिनी १ सय १४ रुपैयाँमा नै बिक्री गरिरहेको छ। अन्य व्यापारीले पनि गोदाममा थन्काएर राखेको चिनी न्यूनतम नाफा खाएर १ सय १५ रुपैयाँमा बिक्री गरेर बजार अभावलाई सहजता गरिदिन आग्रह गरेको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोदामा रहेको चिनी बिक्री नगरेको अवस्था हस्तक्षेप गरेर बिक्री गर्ने समेत चेतावनी दिएको छ। जिल्ला प्रसाशन कार्यालयहरुको सहयोगमा अहिले गौदामा रहेको चिनी विवरण संकलन काम समेत भएको विभाग स्रोतको दाबी छ।

यता व्यापारीले भने सरकारले तोकेको मूल्यमा चिनी बिक्री गर्न नसक्ने बताइरहेका छन्। कतिपय व्यापारीले गौदाम रहेको चिनी राती राती बजार पठाउने  गरेका छन्।

गोदामा रहेको चिनी होससेलकै व्यापारीले बिल विना ६८ सय देखि ७१ सयमा बिक्री गरिरहेका छन्। खुद्रा पसलले भने अहिले लुकाइ चिपाइ प्रतिकिलो १५० रुपैयाँमा चिनी बिक्री गरिरहेका छन्।  व्यापारीको चिनी मंहगो हुनुका चिनीलाई चामल भनेर भारतबाट अवैध रुपमा  भित्र्याउँदा हो। जसका कारण व्यापारीले अहिले चिनी बजारमा ल्याउन नै सकेका छैनन्। 

चिनीको व्यवस्थापनका लागि सरकारले उद्योगहरूलाई आग्रह गर्दै आएको छ। यसैबीच एभरेष्ट चिनी मिल्सले खुद्रा व्यापार संघलाई नै ९५ रुपैयाँ केजीमा चिनी उपलब्ध गराउने भएको छ। उद्योगले पहिलो चरणमा ४२० बोरा चिनी उपलब्ध गराउने भएको छ। 

संघले आफ्ना सदस्यहरूलाई चिनी दिने उनीहरूले उपभोक्तालाई बिक्री गर्नेछन्। 


प्रकाशित : मंगलबार, असोज ३० २०८००४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend