बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्रदियन सहायताद्वारा काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

सोमबार, असोज २९ २०८०
सिप्रदियन सहायताद्वारा काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

सर्वसाधारण यात्रुलाई सुरक्षासम्बन्धी सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ।

काठमाडौं- सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं उपत्यका का १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ।

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुहरुको संख्या उल्लेख्यरुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंको बल्खु, नयाँ बसपार्क, स्वयम्भू, चाबहिल, तिलगंगा, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको हो।

यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको सिप्रदीले जनाएको छ।

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

सर्वसाधारण यात्रुलाई सुरक्षासम्बन्धी सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ।


प्रकाशित : सोमबार, असोज २९ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend