मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सोमबार तोलामा सातसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, असोज २९ २०८०
सोमबार तोलामा सातसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार सुनको मूल्य तोलामा सात सय रूपैयाँले घटेको छ भने चाँदीको स्थिर छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको हो। 

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार आइतबार प्रतितोला १३ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 


प्रकाशित : सोमबार, असोज २९ २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend