मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

हुन्डाई कोना : नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी 

४ वर्षको प्रयोगमा ९५ प्रतिशतभन्दा बढी ब्याट्री हेल्थ                    

आइतबार, असोज २८ २०८०
हुन्डाई कोना : नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी 

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो।

काठमाडौं- नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा सम्भवत: पहिलो गाडी हुन्डाई कोना हो। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन्।

२०१९ मा भारतबाट सुरु गरिएको 'इमिसन इम्पोसिबल' नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू-भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी  ७०० किलोमिटर को यात्रा १७००० फीटको उचाई र -१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो।

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो।नेपालमा सन् २०१९ मा पहिलो चोटी लञ्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा  उपलब्ध छ।

आफ्नो  आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ। ५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। डिसेम्बर १२ देखि १६, २०२२ मा बीईभी दी चेन्ज अभियानअन्तर्गत र अक्टोबर ६ देखि ८ गतेसम्म सञ्चालन गरिएको 'हुन्डाई  फेस्टिभ कार्निवल'मा हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो जसमा दुई सयभन्दा बढी सवारीधनीको ईभी मा परीक्षण गरिएको नतिजाअनुसार ४ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशतभन्दा बढी पाइएको थियो।

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताएका थिए। आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको बताए।आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताएका थिए।

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ।

विश्वसनीयताप्रतिको प्रतिबद्धता हुन्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ। यी नै कारणहरुले हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ।


प्रकाशित : आइतबार, असोज २८ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend