बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिलसँग बंगलादेश बैंक मर्ज हुनै लागेको हो? यस्ताे छ भित्री कारण

सोमबार, मंसिर ६ २०७८
नबिलसँग बंगलादेश बैंक मर्ज हुनै लागेको हो? यस्ताे छ भित्री कारण

आइएफआइसीको सेयर विनोद चौधरीले पाएमा मर्ज निश्चित 

काठमाडौं- नेपालमा २७ वणिज्य बैंकमध्ये अब्बल मानिन्छ नबिल बैंक। प्रत्येक सूचकमा अगाडि रहेको नबिलको सेयर खरिद गर्न पनि लगानीकर्ताहरू लालायित नै हुने गरेका छन्।  

सोही कारण पनि विगत लामो समयदेखि नबिल बैंकमा गाभिन धेरै बैंकका हल्ला चलाइन्छ। गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) सँग मर्जको हल्ला चलाइएको थियो। एनसीसीसँग पनि नबिलको कुराकानी भएको थियो। मूल्यलगायत धेरै कुरा नमिलेपछि अन्तिम समयमा आएर मर्जर नगर्ने पक्षमा नबिल बैंक पुगेको थियो।

नबिलमा विनोद चौधरीको बर्चश्व पनि कायम छ। गत वर्ष नबिलसँग मर्जर जाने हल्लामा सिभिल बैंक देखि सेन्चुरी बैंकसमेत रहेका थिए। हल्ला चले पनि खासै प्रक्रिया भने कुनैसँग पनि अगाडि बढेको थिएन। नबिल बैंकले औपचारिक रुपमा कुनै बैंकसँग मर्जर गर्न वा नगर्न लागेको केही बताएको छैन। नबिल बैंकसँग कहिले कुन बैंक मर्ज हुन लागेको हल्ला चलिरहन्छ। 

चौधरीले लामो समयदेखि एउटा वाणिज्य बैंक मर्ज गरेर ठूलो बैंकको रुपमा स्थिापित गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो सम नेपाल बंगलादेश बैंकसँग मर्ज गराउने गरी केही प्रक्रिया अगाडि बढाइएको छ। केही दिन अगाडि मात्रै बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवालीलाई संयुक्त प्रस्ताव बनाउन दिइएको छ। उक्त प्रस्ताव तयार भएपछि दुवै बैंकका सञ्चालक समितिले अध्ययन गरेपछि मात्रै बाँकि प्रक्रिया अगाडि बढ्ने छ। 

मुख्य गरी नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसीको सेयर बिक्रीमा मुख्य समस्या देखिएको छ। उक्त सेयर बंगलादेशका सञ्चलाकहरू एनबी समूहका सदस्यलाई नै बिक्री गर्न चाहन्छन्। तर राष्ट्र बैंकले नदिने भएपछि उक्त संस्थापक सेयरमा चासो चौधरीले दिएका छन्। चौधरीले उक्त सेयर हात लगाउन सकेभने सम्भवत एनबी बैंकको मर्ज नबिल बैंकसँग हुने निश्चित छ। 

आइतबार नबिल बैंकको सेयर १५४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। भने बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ लाख रुपैयाँ रहेको छ। बैंकको ५२ हप्ता यता अधिकतम १७४० र न्यूनतम ९२० रुपैयाँमा कारोबार भएको छ। 

यता बंगलादेश बैंकको अन्तिम कारोबार ३७४ रुपैयाँमा कारोबार भएको छ। बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। भने ५२ हप्तामा अधिकतम ५१५ र न्यूनतम २४१ रुपैयाँमा कारोबार भएको छ। बैंकले सेयरधनीलाई दिने १५.५० प्रतिशत लाभांश साधारणसभाबाट पारित गरिसकेको छ।  

नेपाल बंगलादेश बैंकमा संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक बंगलादेशी छन्। उक्त सेयर खरिदका लागि विनोद चौधरी लागेका छन्। सम्भवत नेपाल राष्ट्र बैंकले अनुमति दिएमा उक्त सेयर चौधरीले हात पार्ने देखिन्छ। एनबी बैंकमा आइएफआइसीको ४० प्रतिशत सेयर छ।  

सेयरधनीलाई लाभांश दिन सधैँ अगाडि 

सूचीकृत वाणिज्य बैंकहरू मध्ये सबैभन्दा महँगो नविल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घटेन। सेयर बजार ६-७ सय अंकले तल झर्दा पनि नविलको सेयरले दोस्रो बजारका लगानीकर्तालाई आड दियो।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा पनि नबिलनै आगाडि देखियो। नबिलले ३८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। जुन सबैभन्दा धेरै हो। गत आर्थिक वर्षमा बैंकको लाभांश वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ।

विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकले कुनै पनि वर्षमा ३० प्रतिशत भन्दा कम लाभांश दिएको पाइदैन। अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८०१:४०
  • सम्बन्धित विषय:

  • # nrb
  • # nabil bank
  • # nbbank


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend