मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोमको दसैँ अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा 

आइतबार, असोज २८ २०८०
डिशहोमको दसैँ अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा 

यस अफरअन्तर्गत ग्राहकले एक वर्षको नयाँ कनेक्सन गर्दा २ वर्षसम्म इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- डिशहोम फाइबरनेटले दसैँ अफर सार्वजनिक गरेको छ। घटस्थापनादेखि सुरु गरिएको यस अफरमा ग्राहकले एक वर्षको नयाँ कनेक्सन गर्दा २ वर्षसम्म इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

डिशहोमका अनुसार यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन्। जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ-जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन्।

यो अफर कात्तिक ११ गतेसम्म लागु हुनेछ। 


प्रकाशित : आइतबार, असोज २८ २०८००६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend