मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एकैदिन तोलामा २९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, असोज २८ २०८०
एकैदिन तोलामा २९ सय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ९० रूपैयाँ कायम छ। 

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले वृद्धि भएको छ। 

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ९० रूपैयाँ कायम छ। 

 


प्रकाशित : आइतबार, असोज २८ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend