बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कात्तिक महिनामै रोजगारीका लागि बाहिरिए ५५ हजार युवा, पहिलो रोजाइमा कतार

आइतबार, मंसिर ५ २०७८
कात्तिक महिनामै रोजगारीका लागि बाहिरिए ५५ हजार युवा, पहिलो रोजाइमा कतार

काठमाडौं- देशमै प्रयाप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि नेपालबाट कात्तिक महिनामै ५५ हजार युवा विदेशिएका छन्।

योसँगै कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारीले लय समात्न थालको छ। पछिल्लो समय नयाँ कामदारको डिमाण्ड कोरोना सुरु हुनुभन्दा अगाडिको समयमा भन्दा बढी आउन थालेको वैदेशिक रोजगार व्यवसायी महासंघको ठहर छ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिक महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ५४ हजाार ९ सय १८ नेपालबाट विदेशिएका छन्। जसमा दुबई १३ हजार ५ सय ५०, साउदी अरब १७ हजार ९ जना र सबैभन्दा बढी कतार १९ हजार ८१ जना युवा पुगको छन्। 

विभागका अनुसार कात्तिक महिनामै नयाँ कामको खोजीमा म्यानपावरमार्फत २७ हजार ७ सय ९ जना युवा वैदेशिक रोजगारीका लागि गएका छन्।

यसैगरी कात्तिक महिनामै बिदामा नेपाल आएर पुन: वैदेशिक रोजगारीका लागि फर्कनेको संख्या २४ हजार ९ सय रहेको छ। अहिले दैनिक १८ सयसम्म युवा रोजगारीका लागि विदेशिन थालेको छन्।  

मलेसियाले पनि भर्खरै मात्रै कामदार लैजाने गरी खुला गरेको छ। कात्तिक महिनामा नेपालबाट ८२ जना कामदार रोजगारीका लागि मलेसिया पुगेका छन्।

तर व्यवसायीले अहिले सरकारले सेवा शुल्कवापत १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेका पनि साउदी र कतार जाने युवासँग १ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम लिने थालेका छन्।

वैदेशिक रोजगार विभागले पनि कामदारको डिमाण्ड बढेको जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा नेपालबाट रोजगारीका लागि साढे १ लाख भन्दा बढी युवा विदेशिएका छन्।

कुन महिना कति?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा मात्रै १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्।

विभागका अनुसार साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजा ४० र असोजमा ३९ हजार ६ सय ७१ जना युवा विदेश पुगेका छन्। यसैगरी कात्तिक महिनामा मात्रै ५४ हजार ९ सय १८ जना युवा विदेश पलाएन भएका छन्।

पहिलो रोजाईमा कतार

कामदारको पहिलो रोजाइमा कतार परेको छ। ४ महिनामै नेपालबाट ५९ हजार २ सय ७० जना युवा रोजगारीका लागि कतार पुगको छन्। यसैगरी ४ महिनाकै अवधिमा नेपालबाट ५४ हजार ९४ जना युवा रोजगारका लागि साउदी अरब पुगेका छन् भने २८ हजार ४ स्य ६८ जना युएई पुगेका छन्।


प्रकाशित : आइतबार, मंसिर ५ २०७८१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend