मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सांसद विनोद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले नवलपरासीमा पठायो तीन चिकित्सक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
सांसद विनोद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले नवलपरासीमा पठायो तीन चिकित्सक

तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन्। 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ। 

नवलपरासी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन  चिकित्सक पठाएको हो। 

मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ। तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन्। 

प्रतिनिधिसभा निर्वाचनका बेला नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए। उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ। 

स्वास्थ्य मन्त्रालयले तीन जना एमवीवीएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ।


प्रकाशित : शुक्रबार, असोज २६ २०८००९:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend