मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

बुधबार, असोज २४ २०८०
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

यो साता तीन दिनमा १६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार एक सय रूपैयाँले घटेको हो। चाँदीको मूल्य भने आज स्थिर छ।

काठमाडौं- यो साता लगातार तीन दिन बढेको सुनको मूल्य बुधबार भने घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँ तोकिएको छ। 

आइतबार र मंगलबार तोलामा तीन/तीन सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने एक हजारले बढेको थियो।

मंगलबार घटेको चाँदीको मूल्य भने बुधबार स्थिर छ। बुधबार चाँदी प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, असोज २४ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend