मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा १० प्रतिशतसम्म छुट

मंगलबार, असोज २३ २०८०
सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा १० प्रतिशतसम्म छुट

पहिलोपटक आँखा जाँच गर्दा भने ५० रूपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ। 

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन्।

साथै ग्राहकहरुले पहिलोपटक आँखा जाँच गर्दा ५० रूपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ। 


प्रकाशित : मंगलबार, असोज २३ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend