मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनको मूल्य आज पनि बढ्यो, चाँदीको घट्यो

मंगलबार, असोज २३ २०८०
सुनको मूल्य आज पनि बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्यमा लगातार वृद्धि भएको छ। आइतबार तोलामा तीन सय र सोमबार प्रतितोला एक हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि तीन सय रूपैयाँले बढेको छ। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ४ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज तोलामा पाँच रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, असोज २३ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend