मंगलबार, माघ १ गते २०८१    
मंगलबार, माघ १ २०८१
images
images

फाइबर सेवामा टेलिकमको अफर 

images
मंगलबार, असोज २३ २०८०
images
images
फाइबर सेवामा टेलिकमको अफर 
images
images

काठमाडौं- नेपाल टेलिकमले आगामी बिहिबार असोज २५ देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।

images
images
images

अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरेको टेलिकमले जनाएको छ।

images

अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ।

images
images
images

यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमबीपीएसको सेवा प्राप्त गर्न सक्ने छन्। हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ। 

साथै हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने टेलिकमले जनाएको छ।
 


प्रकाशित : मंगलबार, असोज २३ २०८००४:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend