शुक्रबार, जेठ ४ गते २०८१    
images
images

व्यवसायीविरूद्ध १५ अर्ब कर छलीको मुद्दा, कोविरूद्ध कति?

images
मंगलबार, भदौ २२ २०७८
images
images
व्यवसायीविरूद्ध १५ अर्ब कर छलीको मुद्दा, कोविरूद्ध कति?

आर्थिक वर्ष २०७७/०७८मा दर्जनौँ व्यवसायी तथा कम्पनीले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक जारी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७७/०७८ मा दर्जनौँ व्यवसायी तथा कम्पनीले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक जारी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

images
images
images

विभागले रमन कन्स्ट्रक्सनदेखि ह्याम्स अस्पतालका मालिकको लगानी रहेका कम्पनीले समेत राजस्व छली गरेको आरोपमा विभिन्न जिल्ला अदालत तथा उच्च अदालतमा मुद्दा दायर गरेको छ।

images

विभागले गत आर्थिक वर्षमा विभिन्न व्यक्ति तथा कम्पनीले १५ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको आरोपमा विगो तथा जरिबाना असुल र कैद मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

images
images

कसलाई कति छलीको आरोप?

images
images

- झुट्टा तथा नक्कली मूल्य भ्याट विजक जारी गरी राजस्व छली गरेको आरोपमा विभागले मनिराज सप्लायर्स विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। २०७८ असार ३ गते  सर्लाही ब्रम्हपुरीका  राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतो विरुद्ध ४१ करोड ५१ लाख ३१ हजार ८ सय ५४ रुपैयाँ विगो असुल र कैद मागदाबीसहित उच्च अदालत पाटनमा विभागले मुद्दा दर्ता गरेको हो।

- विभागले २०७८ जेठ २३ गते  झुट्टा तथा नक्कली मूल्य अभिवृद्धी कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा धरान उपमहानगरपलिका -१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोप्राइटर किसन कुमार अग्रवालविरुद्ध उच्च अदालत पाटननमा मुद्दा दायार गरेको हो। विभागले उनीविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपैयाँ विगो असुल र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

- विभागले २०७७ पुस १७ गते झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको भन्दै  सितापाइला पद्म कोलनी  बस्ने राम किशोर प्रसादसमेत २८ जना विरुद्ध उच्च अदालतत पाटनमा मुद्दा दायर गरेको छ। विभागले उनीहरूविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार  ५ सय ६५ रुपैयाँ विगो जरिबाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो।

- विभागले राम किसोर प्रसादले मोहन ट्रेड इन्टरनेशनल लगायत विभिन्‍न २६ वटा फर्महरू कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरेर उक्त सबै फर्मको बैंक खाता पनि उनैले सञ्चालन गरी विभिन्न फर्महरूको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरको आरोप पत्रमा उल्लेख छ।

- विभागले आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७५ सम्म  भ्याट ४३ करोड ८१ लाख ८० हजार, आयकरतर्फ ८६ करोड, ५६ करोड र लाभांश करतर्फ २ करोड ८ लाख ३० हजार गरी  जम्मा विगो १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५ सय ६५ रुपैयाँ विगो जरिबाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो।

- यसैगरी, विभागले झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा सिमरा पिपरा वस्ने न्यू सयपत्री इन्टरप्राइजेजका प्रोप्राइटर विवेक मगरसमेत १३ वटा फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य कारोवारी मनिष कुमारसमेत १५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। विभागले उनीहरूविरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ विगो र  कैद सजाय मागदाबीसहित २०७७ पुस २२ गते अदालतमा मुद्दा दायर गरेको हो।

- विभागले झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा धरान उपमहानगरपलिका-१२ बस्ने एस‍.एन. इन्टरनेशनलका प्रोप्राइटर अग्रिम खेतान (अग्रवाल) विरुद्ध ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ विगो जरिबाना र कैद मागदाबीसहित २०७८ जेठ २३ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

- २०७७ असोज २२ गते भन्सार चोरी पैठारी गरेका मालवस्तुको भुक्तानिका लागि गैरकानूनी रुपमा विदेशी मुद्रा विदेश पठाएर विदेशी विनिमय अपचलन गर्ने हाइटेक इन्टरनेशनल प्रालिविरुद्ध  काठमाडौं जिल्ला अदालतमा विभागले मुद्दा दायर गरेको थियो। विभागले कम्पनीका सञ्चालक हरि कुमार श्रेष्ठ विरुद्ध १अर्ब ७१ करोड ५६ लाख २८ हजार १ सय ११  विगोसहित तीन गुणासम्म जरिबाना र ३ वर्ष कैद सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

- विभागले २०७७ असोज २६ गते उच्च अदालत तुल्सीपुरमा सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा सोनी ज्वेलर्सका प्रोप्राइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य सञ्चालक सुनिल सुनार र भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार) र रुपन्देही जिल्ला, सिद्धार्थ नगर नगरपालिका बस्ने मतियार अमित परियार  विरुद्ध मुद्दा दायार गरेको छ। विभागले उनीहरू विरुद्ध २ अर्ब ३९ करोड ५५ लाख १५ हजार ९ सय ४३ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

- यसैगरी विभागले २०७८ असार २३ गते चितवन रत्ननगर-८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेश कुमार अग्रवालसमेत ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा पाटन अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरू विरुद्ध विभागले ९ करोड २७ लाख, ३७ हजार ५ सय ६० रुपैयाँ विगो असुल गरी जरिबाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो।

- यसैगरी वीरगञ्ज उपमहानगरपालिकाको रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा विभागले पाटन अदालतमा मुद्दा दायर गरेको हो। विभागले २०७७ फागुन १४ गते २५ करोड ८० लाख ६५  हजार ४ सय २३ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद सजाय मागदाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

- विभागले  कोभिडको समयमा बिरामीसँग असुली धन्दा गरेको आरोप लागेका ह्याम्स अस्पतालका मालिकमा लगानी रहेको ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक तथा भन्सार प्रतिनिधिसमेत ४ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ६ लाख ७२ हजार ९ सय ९ रुपैयाँ  विगो जफत एवं असुल गरी जरिबाना र कैद सजाय मागदाबी गर्दै २०७८ बैशाख २ गते  उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागले प्राप्त प्रमाणबाट ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दल बहादुर भण्डारीसमेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविकभन्दा फरक सामान भन्सार घोषणा गरी आफूहरूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गर्ने मनसाय तथा योजनाका साथ काम गरी राजस्व चुहावट गरेका आरोप पत्रमा उल्लेख छ।

- विराटनगर महानगरपालिकाको बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेश कुमार राठीसमेत ३ जनाले  १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

- एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटर विष्णु ज्ञवालीविरुद्ध १४ करोड ७५ लाख ५१ हजार १ सय ५२ रुपैयाँ विगो दाबी र कैद सजायसहित विभागले मुद्दा दायर गरेको थियो।

- भन्सार चोरी पैठारी गरी राजश्व चुहावटमा संलग्न रहेको अभियोगमा प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङका सञ्चालक विज्ञानजंग राणा र वेदान्तजंग राणाले १ करोड २ लाख ६० हजार रुपैयाँ राजस्व छली गरेको आरोपमा विभागले २०७८ जेठ ३१ उच्च अदालत जनकपुर र अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरेको थियो।

- भन्सार चोरी पैठारी गरी राजश्व चुहावटमा संलग्न रहेको अभियोगमा अशोक कुमार सिन्हा र निवेदिका सिन्हासँग १८ करोड ६५ लाख २ हजार रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबी गर्दै विभागले २०७८ असार ९ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा  लोहनी जेभी सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक र प्रबन्ध निर्देशक एवं मुख्य कारोबारी केशबराज कडेलसमेत ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहितको आरोप पत्र विभाले २०७७ चैत ३ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

यसैगरी, उनीहरूविरुद्ध थप ९२ लाख ७७ हजार ४ सय ९० रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबी गर्दै विभागले २०७७ चैत ३ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- विभागले झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गर्ने ओएनएस इन्टरप्राइजेजका कारोबार सञ्चालक किशोर यादवसमेत ३ विरुद्ध ७६ करोड ६७ लाख ८३ हजार रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहित २०७७ चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभागले रेणु ट्रेड इन्टरप्राइजेजको सञ्चालक किशोर यादवसमेत ३ जना विरुद्ध ५० करोड ६० लाख ८२ हजार रुपैयाँ असुल गरी जरिबाना र कैद मागदाबीसहित २०७७ चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोप रुपम ट्रेड कन्सर्नका साझेदार तथा कारोबार सञ्चालक किशोर यादवसमेत ३ जना विरुद्ध ४९ करोड १८ लाख ६० हजार रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहित विभागले २०७७ चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- यसैगरी, विभागले आरजु इन्टरनेशनल विरुद्ध ४० करोड ८७ लाख ९१ हजार ४ सय २२ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबी सहित २०७७ चैत ११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- अनिल गुप्ता एण्ड एशोसियट्सका प्रोप्राइटर अनिलकुमार गुप्ता, अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर प्रविण कुमार महतोसमेत १३ फर्मका प्रोप्राइटर गरी १६ जना प्रतिवादीहरुबाट २ अर्ब १९ करोड ८७ लाख ९५ हजार रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहित विभागले २०७८ वैशाख १० गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- विभागले २०७७ माघ ४ गते झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा शुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुर विरुद्ध ६ करोड ५२ लाख १३ हजार ७ सय २६ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

- यसैगरी, विभागले २०७७ मंसिर १६ गते झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा ट्रेड कन्सर्नका प्रोप्राइटर कमल बहादुर राउतसमेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १ सय ६५ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- २०७७ मंसिर १६ गते झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा पिआर के ट्रेड ईन्टरनेशनलका प्रोप्राइटर लहुमन (लछुमन) माझीबाट ५ करोड ५६ लाख ८ हजार ७ सय ३८ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबीसहित विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा मिनजा इन्टरनेशनल प्रालिका सञ्चालक रामबाबु साहानीबाट २ करोड १२ लाख ३ सय ९३ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद मागदाबी सहित विभागले २०७७ मंसिर १६ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी ११ फर्महरूको बैंक खाता सञ्चालक सुवोध साहसहित मुख्य अभियुक्त १० जना तथा ३ जना मतियारसँग ९१ करोड ३० लाख ५६ हजार ५ सय १९ रुपैयाँ विगो असुल गरी जरिबाना र कैद सजाय मागदाबी गर्दै विभागले २०७७ फागुन ४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

- विभागले नक्कली भ्याट बिल प्रयोग गरी ८ करोड २४ लाख ६० हजार ७ सय ६५ रुपैयाँ कर छली गरेको भन्दै क्रेटा इन्टरप्राइजेजका सञ्चालक नबिकरिम अन्सारीविरुद्ध २०७७ मंसिर १६ गते पाटन उच्च अदालतमा विगो असुल गरी जरिबाना र कैद माग गर्दै मुद्दा दायर गरेको थियो।

- विभागले २०७७ मंसिर १६ मा नै रमन कन्स्ट्रक्सनविरुद्ध  २० करोड ८७ लाख ६४ हजार रुपैयाँ भ्याट छलीको आरोपमा  पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो।

- त्यस्तै १३ करोड २५ लाख ८८ हजार रुपैयाँ भ्याट छलीको आरोपमा मनिष ट्रेडिङका सञ्चालक किशोरी यादवविरुद्ध २०७७ मंसिर २१ गते पाटन अदालतमा मुद्दा दायर गरेको थियो।

- झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ९ करोड ९६ लाख ५४ हजार रुपैयाँ कर छलीको आरोपमा विभागले  असोज १९ गते  बाराको  टोकनी -३ स्थित साहारा एण्ड खातुन ट्रेडर्सका प्रोप्राइटर कविरन खातुनविरुद्ध  उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend