मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामै एक हजारले बढ्यो सुनको मूल्य

सोमबार, असोज २२ २०८०
तोलामै एक हजारले बढ्यो सुनको मूल्य

चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। यो साता आइतबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको हो।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज तोलामा १५ रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १३ सय ४५ रूपैयाँ कायम छ।


प्रकाशित : सोमबार, असोज २२ २०८००५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend