बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

जुम्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

images
आइतबार, असोज २१ २०८०
images
जुम्लामा चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन

जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ। यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ।

images
images

जुम्ला- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

images
images
images

दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो।

images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ। यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ।

images
images

हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ।

सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ। जिल्लाको वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ।

उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ। रासस


प्रकाशित : आइतबार, असोज २१ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend