मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुटवलमा फोटोनको थ्री एस सुविधासहितको नयाँ शोरूम

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २१ २०८०
बुटवलमा फोटोनको थ्री एस सुविधासहितको नयाँ शोरूम

बुटवल र आसपासका क्षेत्रमा फोटोनका गाडी सिद्धार्थ इन्टरकन्टिनेन्टलले थ्रीएस शोरुममार्फत उपलब्ध गराउने छ। असोज १९ गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। 

काठमाडौं- फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बुटवलमा नयाँ थ्रीएस शोरूम सञ्चालनमा ल्याएको छ।

आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा फोटोनले सेल्स, सर्भिस तथा स्पेयपार्टसको सहज उपलब्ध गराउन बुटवलमा सर्भिस सेन्टर खोलेको हो।

बुटवल र आसपासका क्षेत्रमा फोटोनका गाडी सिद्धार्थ इन्टरकन्टिनेन्टलले थ्रीएस शोरुममार्फत उपलब्ध गराउने छ। असोज १९ गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। 

फोटोनको नयाँ शोरुममा नेपाली बजारमा उपलब्ध सबै गाडीहरु हुनेछन्। फोटोनसँग हाल इन्टिरनल कम्बस्चन इन्जिन र विद्युतीय दुवै सेगमेन्टका गाडी उपलब्ध छ। विद्युतीयमा प्यासेन्जर भ्यान र मिनी ईभी ट्रक टीएम वान छ भने आईसीमा टुनल्यान्ड पिकअप र माइक्रोबस उपलब्ध छ। 

नयाँ शोरुमबाट बिक्री र बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

प्रकाशित : आइतबार, असोज २१ २०८०१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend