बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया फेरि अवरुद्ध 

सोमबार, असोज २२ २०८०
सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया फेरि अवरुद्ध 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीजीलाई लाइसेन्स दिने सम्बन्धनमा भएका निर्णयको सक्कल कपी लिएको तर अहिलेसम्म काम रोक्न नभनेको भन्दै प्राधिकरणले प्रक्रिया अघि बढाएको थियो। 

काठमाडौं- सीजी टेलिकमलाई लाइसेन्स दिन अघि बढाइएको दूरसञ्चार प्राधिकरणको प्रक्रिया फेरि अवरुद्ध भएको छ। सीजीलाई उपकरण आयातको अनुमति दिनका लागि अघि बढेको प्रक्रिया बोर्डमै रोकिएको छ। 

सीजी टेलिकमले उपकरण आयातका लागि अनुमति माग गर्दै प्राधिकरणमा आवेदन दिएको धेरै भएपनि प्रक्रिया अघि बढेको थिएन। पछिल्लो समय प्राधिकरणले अनुमतिका लागि निर्णय गर्ने तयारी गरेको थियो तर बोर्डले अध्ययन गर्नुपर्ने भन्दै प्रस्ताव फिर्ता गरिदिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीजीलाई लाइसेन्स दिने सम्बन्धनमा भएका निर्णयको सक्कल कपी लिएको तर अहिलेसम्म काम रोक्न नभनेको भन्दै प्राधिकरणले प्रक्रिया अघि बढाएको थियो। 

चौधरी समूहअन्तर्गतको टेलिकम कम्पनीले अदातलको आदेशअनुसार नै लाइसेन्स दाबी गर्दै प्राधिकरणमा उपकरण आयातको अनुमति माग गरेको थियो।

अदालतको आदेशमा बीटीएस टावर उल्लेख भएको तर सीजीले अहिले नोड्स र ई-नोड्स आयातका लागि अनुमति खोजेपछि अन्यौल सिर्जना भएको थियो। 

अदालतको आदेशअनुसार सीजीलाई बीटीएस टावर राखेपछि लाइसेन्स दिन सकिने भए पनि अहिले त्यो प्रविधि काम नलाग्ने भइसकेको र प्रविधिमा भएको परिवर्तनको ब्याख्या गर्दै उपकरण आयातका लागि अनुमति दिनका लागि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रस्ताव तयार पारेर बोर्डमा लगेका थिए। 

सीजीले उपकरण आयातको अनुमति पाइ उपकरण ल्याएर जडान गरेपछि लाइसेन्स दिने निर्णयको बाटो खुल्ने छ तर उपकरण आयातकै निर्णयमा सीजीको प्रक्रिया अल्झिएको छ। सँगै ५ मेगाहर्ज फ्रिक्वेन्सी पनि दिन सकिने प्राधिकरणले बताएको छ। 


प्रकाशित : सोमबार, असोज २२ २०८००२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend