मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

टाटा मोटर्सको दसैँ अफर : एक वर्षको बीमादेखि वार्षिक सवारी करमा छुटसम्मका सुविधा

आइतबार, असोज २१ २०८०
टाटा मोटर्सको दसैँ अफर : एक वर्षको बीमादेखि वार्षिक सवारी करमा छुटसम्मका सुविधा

यस योजनामा ग्राहकहरुले नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु समेत प्राप्त गर्न सक्नेछन्। साथै टाटा ईभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको दसैँ, तिहार र छठ पर्वलक्षित विशेष अफर सार्वजनिक गरेको छ।

टाटा मोटर्सको 'बडा दसैँ बडा अफर' अन्तर्गत ग्राहकहरुले टाटा आइस रेञ्जका गाडीको खरिदमा सात लाख तीस हजार रूपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्। यस योजनामा ग्राहकहरुले नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु समेत प्राप्त गर्न सक्नेछन्।

साथै टाटा ईभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ। ईभी तथा आइस रेञ्जका अफरहरु तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

दसैँका अवसरमा ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभीलगायतका आइस र ईभी रेञ्जका गाडीहरु अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नेछन्। यस उपहार योजनाको भरपुर फाइदा उठाउन पनि कम्पनीले आग्रह गरेको छ।


प्रकाशित : आइतबार, असोज २१ २०८०१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend