मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकहरुलाई रिलायन्स फाइनान्सबाट सहज कर्जा

आइतबार, असोज २१ २०८०
फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकहरुलाई रिलायन्स फाइनान्सबाट सहज कर्जा

यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। 

काठमाडौं- फोर्स मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ। 

आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष ध्रुव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ  र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। 

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पूर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ। फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन्।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दसैँ र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ। कम्पनीका अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मूल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बीमा  फ्री लगायतका आपÞmरहरु सार्वजनिक गरेकोे छ।


प्रकाशित : आइतबार, असोज २१ २०८००८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend