मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, असोज २१ २०८०
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार ३ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य तोलामा तीन सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य एक लाख ७ हजार एक सय रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला एक हजार ३ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असोज २१ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend