मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

आइतबार, असोज २१ २०८०
लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए।

बुटवल- लुम्बिनी केबलकार लिमिटेडले दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी अफर ल्याएको छ। 

केबलकारको टिकटमा ४० प्रतिशत छुट दिने कम्पनीले घोषणा गरेको छ। असोज २१ देखि लागू हुने यो अफर शनिबार बाहेकका दिनमा मात्र लागू हुनेछ। 

यो अफरसँगै अबदेखि टिकटको मूल्य  ४५० रुपैयाँ कायम हुने भएको छ। 

चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए। टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ। टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान निर्माण भइरहेको छ। 


प्रकाशित : आइतबार, असोज २१ २०८००४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend