मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकद्वारा ५५ जनाभन्दा बढी चालकलाई क्यूआर कोड हस्तान्तरण

शनिबार, असोज २० २०८०
एभरेष्ट बैंकद्वारा ५५ जनाभन्दा बढी चालकलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई-रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ। लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई-रिक्सा यातायातका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे।

तिलोत्तमा नगरपालिकाका उप-प्रमुख जागेश्वर देवी चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप-प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले १०० जनाभन्दा बढी टेम्पो तथा ई-रिक्सा चालक र महिला उद्यमीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गरे। सो वित्तीय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स-साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे।

फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटालगायतको उपस्थिति थियो। बैंकका हाल १३ लाखभन्दा बढी ग्राहकहरु छन्।


प्रकाशित : शनिबार, असोज २० २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend