बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुग्लिङ-पोखरा सडक विस्तारका लागि परामर्शदाता छनौट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
मुग्लिङ-पोखरा सडक विस्तारका लागि परामर्शदाता छनौट

नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय  किलोमिटरको दूरीमा छ। यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन आवतजावत गर्छन्।

काठमाडौं- सडक विभाग अन्तर्गतको सासेक मुग्लिङ-पोखरा राजमार्ग स्तरोन्नति आयोजनाले परामर्शदाता छनौट गरेको छ। 

आयोजना निर्माणको सुपरीवेक्षण गर्ने कामका लागि स्विट्जरल्यान्डको कम्पनी छनौट भउको छ। एमएस रेनार्डेट एसए स्विट्जरल्यान्ड छनौट भएको छ। यो कम्पनीले नेपालका दुई कम्पनीसँग साझेदारी गर्ने छ। सोइल टेष्ट प्लालि र सिम्याट कन्सलट्यान्टसँग साझेदारी गर्ने छ। 

यो कम्पनीले ४६ करोड १ लाख ७१ हजार १९२ रुपैयाँमा काम गर्ने कबोल गरेको छ। यो आयोजना एसियाली विकास बैंकको ऋणमा निर्माण हुन लागेको हो। 

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास ब‌ैंकले २२ अर्ब रुपैयाँ ऋण दिएको छ। सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ।

सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने छ। 

नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय  किलोमिटरको दूरीमा छ। यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन आवतजावत गर्छन्। अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा राम्रो यातायात नभएको गुनासो छ।

विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने छ। सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार पनि निर्माण हुनेछन्। 

 


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०४:५६
  • सम्बन्धित विषय:

  • # सडक
  • # राजमार्ग
  • # मुग्लिङ_पोखरा
  • # एडिबी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend