मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोममा नयाँ नेपाली चलचित्रको मेला, असोज १९ देखि 'छक्का पञ्जा ४' प्रदर्शनमा

बिहीबार , असोज १८ २०८०
डिशहोममा नयाँ नेपाली चलचित्रको मेला, असोज १९ देखि 'छक्का पञ्जा ४' प्रदर्शनमा

डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँनयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट नि:शुल्क पनि पाउन सकिनेछ। अहिले च्यानल १०८ मा 'छक्का पञ्जा ४' प्रदर्शन भइरहेको छ।

काठमाडौं- वर्षभरि रिलिज भएका सर्वाधिक सफल नेपाली चलचित्रहरु डिशहोममा प्रदर्शन भइरहेको छ। विभिन्न कारणवश हलसम्म गएर मन परेका नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोममार्फत हेर्न सक्नेछन्।

अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङलगायत कलाकारहरुको अभिनय रहेको चलचित्र 'छक्का पञ्जा ४' डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गतेदेखि हुनेछ। 

प्रकाश, कृष्णलीला, नाइ नभन्नु ल ६, प्रसाद २, लाखे, घनचक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपतिजस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुनेछन्। 

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर नजिकैको डिशहोम बिक्रेता वा डिलरदाईमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ। 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँनयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट नि:शुल्क पनि पाउन सकिनेछ।

३ महिना अथवा एक हजार वा सोभन्दा माथिको रिचार्जमा ३२५ रूपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दा माथिको रिचार्जमा ६५० रूपैयाँ बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १३ सय रूपैयाँ बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन्।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने डिशहोमले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend