मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमा टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

बिहीबार , असोज १८ २०८०
एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमा टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० करोड रूपैयाँमध्ये सह वित्तीयकरणअन्तर्गत ३०० करोड रूपैयाँ लगानी रहनेछ।

काठमाडौं- कजरिया रमेश टायल्सले नेपालमा गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने भएको छ।

विश्वको ७औँ ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्सले एभरेष्ट बैंकको वित्तीय अगुवाइमा नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने भएको हो। 

मार्च २०२४ बाट सुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। कम्पनीले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय हुने जनाएको छ।

कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरणअन्तर्गत सहभागी बैंकहरुबीच वित्तीय सहजीकरण गर्ने सम्झौतासमेत भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सो कार्यक्रममा सह वित्तीयकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसबीआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० करोड रूपैयाँमध्ये सह-वित्तीयकरणअन्तर्गत ३०० करोड रूपैयाँ लगानी रहनेछ।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend