मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

हुन्डाईले 'फेस्टिभ कार्निवल' आयोजना गर्ने

बिहीबार , असोज १८ २०८०
हुन्डाईले 'फेस्टिभ कार्निवल' आयोजना गर्ने

कार्निवलमा विजेता हुनेले विभिन्न ब्रान्डका वासिङ मेसिन, माइक्रोवेभ ओभनलगायत पाउन सक्नेछन्।

काठमाडौं- हुन्डाई नेपालले नजिकिँदै गरेको दसैँ, तिहार र छठलाई लक्षित गरी 'फेस्टिभ कार्निवल' आयोजना गर्ने भएको छ।

असोज १९ गतेदेखि २१ गतेसम्म देशभरका हुन्डाई शोरुममा 'फेस्टिभ कार्निवल' आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीले जनाएको छ।

कार्निवलमा हुन्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ। लाइभ फुड स्टल्स, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक डीआईवाई टिप्स एन्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेकजाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्‍यालीजस्ता अरु विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्।

तीनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टिकटक कन्टेस्ट, एक्स्टर ट्रिजर हन्ट, डेली टेस्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित हुन्डाई 'ह्विल्स अन हिल्स' जस्ता कार्यक्रमहरु पनि आयोजना गरिनेछ।

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भइ विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बोस्क तथा वर्लपुलको वासिङ मेसिन, माइक्रोवेभ ओभन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।


प्रकाशित : बिहीबार , असोज १८ २०८००६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend