बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी

बुधबार, असोज १७ २०८०
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो।

काठमाडौं- नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संहिता पहाडीलाई दिइएको छ। प्रबन्धक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै सोमबारदेखि टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त भएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो।

पहाडीले पनि आफूले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको स्वीकार गरिन्। जिम्मेवारी पाएसँगै उनले आमग्राहक वर्गको सेवालाई गुणस्तरीय बनाउँदै सेवा प्रभावको काममा कुनै कमजोरी हुन नदिने बताइन्।

पहाडी पौडेललाई प्रबन्ध निर्देशक नियुक्ति दिँदाको एक प्रतिस्पर्धी समेत हुन्। टेलिकम प्रबन्ध निर्देशक नियुक्तिकै समयमा सरकारले टेलिकमभन्दा बाहिरको र विवादित व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै विरोध समेत भएको थियो।

तर पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा नेसनल पेमेन्ट गेटवे प्रणालीको जडानमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो। 

उनीले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन भने आज  असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुगेकी हुन्।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन्। उनीले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति भएको थियो। उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएका थिइन्।

पदभार ग्रहण गर्दै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छिन्।


प्रकाशित : बुधबार, असोज १७ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend