मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

दसैँतिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’

बुधबार, असोज १७ २०८०
दसैँतिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’

ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दरमा पाउनेछन्।

काठमाडौं- नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू एक्सपान्जेले दसैँतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ। जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउने छन्। 

स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङझैँ स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउने छ। जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने विश्वास कम्पनीको छ। 

ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दरमा पाउने छन्। यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ।

त्यसैगरी स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ। दसैँतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ। पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिनेछ।

‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ। स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौँ।’

यो स्किमले सुरक्षाप्रति स्कोडाको प्रतिबद्धतालाई दर्शाउँछ। स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन् जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन्.


प्रकाशित : बुधबार, असोज १७ २०८०१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend