बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

भोलि चन्द्रागिरिमा रामदेवको योगा कार्यक्रम, बिहान पाँच बजेदेखि केबलकार खुल्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ३ २०७८
images
भोलि चन्द्रागिरिमा रामदेवको योगा कार्यक्रम, बिहान पाँच बजेदेखि केबलकार खुल्ने 

रामदेवको योगामा सहभागी हुन चाहने यात्रुहरूले बिहानै जान पाउन् भनेर केबलकार सेवा बिहानै सञ्चालन गर्न लागिएको कम्पनीले बताएको छ। 

images
images

काठमाडौं- भोलिका लागि बिहान ५ बजेदेखि चन्द्रागिरि केबलकार खुल्ने भएको छ। 

images
images
images

भोलि शनिबार विशेष कार्यक्रम भएकाले एकदिनका लागि बिहानै पाँच बजे केबलकार सञ्चालन हुने भएको छ। सामान्यतया बिहान ८ बजेदेखि केबलकार खुल्ने गरेको छ। 

images
images

शनिबार बिहान योगगुरु रामदेवको योगा कार्यक्रम भएकाले बिहानै केबलकार सेवा सुरु गर्न लागिएको कम्पनीले जानकारी दिएको छ। 

images
images

योग गुरु रामदेव सहितको पतञ्जलिको टोली आजै चन्द्रागिरी पुगिसकेको छ। रामदेवले भोलि बिहान ५ देखि ६ बजेसम्म योगा सिकाउने कार्यक्रम रहेको छ। त्यसपछि उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरको दर्शन तथा पुजा गर्ने कार्यक्रम रहेको छ। 

रामदेवको योगामा सहभागी हुन चाहने यात्रुहरूले बिहानै जान पाउन् भनेर केबलकार सेवा बिहानै सञ्चालन गर्न लागिएको कम्पनीले बताएको छ। 

चन्द्रगिरी रिसोर्टमै भएका बाहेक काठमाडौंबाट जानेहरूले पनि सहभागि हुनसक्ने भएकाले सेवा सञ्चालन गर्न लागिएको हो। 

 


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend