मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुधबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार, असोज १७ २०८०
बुधबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सुनको मूल्य बुधबार प्रतितोला तीन सय रूपैयाँले बढेको छ। चाँदीको मूल्य भने आज स्थिर छ।

काठमाडौं- नेपाली बजारमा अघिल्लो सातायता लगातार घटेको सुनको मूल्य बुधबार बढेको छ। गएको मंगलबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला १३ सय १० रूपैयाँ तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 


प्रकाशित : बुधबार, असोज १७ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend