बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे परराष्ट्रमन्त्री खड्का र गृहमन्त्री खाँण

सहायक विदेशमन्त्री लु भन्छन्- नेपालले अवसर नगुमाओस्

images
शुक्रबार, मंसिर ३ २०७८
images
अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे परराष्ट्रमन्त्री खड्का र गृहमन्त्री खाँण

विशेष गरी नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनका लागि सबैसँग कुराकानी गरिरहेका हुन्।

images
images

काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेट गरेका छन्। त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेका उनले शुक्रबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए। 

images
images
images

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा कोभिड महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो।

images
images

उनले विशेष गरी नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनका लागि सबैसँग कुराकानी गरिरहेका हुन्। भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए।

images
images

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका लुले शुक्रबार नेकपा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड साथै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका थिए। 

एमसीसी सम्झौता अनुमोदनको विषयमा जटिलता बढ्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल भ्रमणमा आएका हुन्। दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै नेपाल आएका हुन्। 

नेपालमा सबैसँगको भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना विश्वका थोरै देशले मात्रै सञ्चालन अवसर पाएको बताउँदै नेपालले त्यो अवसर नगुमाओस् भन्ने अमेरिकी चाहना रहेको बताएका छन्।

सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। ३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन।

लु आउनुअघि नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले समेत जनाएको थियो। 

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले पनि काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्। सत्तारुढ दलभित्र नै एमसीसीबारे एकमत नभएका कारण सम्झौता अनुमोदन अन्योलमा छ। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५०० मिलियन डलर अनुदान दिँदैछ।


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend