मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

टाटा कमर्सियल गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’

मंगलबार, असोज १६ २०८०
टाटा कमर्सियल गाडीका लागि ‘शुभकामना सर्भिस क्याम्प’

उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारिक सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन भइरहेको छ।

काठमाडौं- नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर यातायातका साधनहरुको प्रयोग पनि अन्य समयभन्दा उच्च हुने गरेको छ। सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भइ सुरक्षित यात्रा गर्न सकिन्छ। 

यही कुरालाई मध्यनजर गर्दै सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सिप्रदीले असोजको १४ गतेदेखि कार्तिक ३ गतेसम्मका लागि ‘शुभकामना सर्भिस क्याम्प’को आयोजना गरेको छ। 

उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारिक सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन भइरहेको छ।

उक्त क्याम्पमा सहभागी ग्राहकहरुको गाडीहरुमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफईपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निःशुल्क चेकअप सुविधाहरु रहेका छन्। 

जसले गाडीको कन्डिसन बारेमा पूर्णजानकारी प्रदान गर्दछ र यदि मर्मत तथा सम्भार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म छुट तथा ल्यूब्रिकेन्टमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ। प्री सर्भिस बुकिङ गरी आउने गाडीहरुका लागि निःशुल्क सर्भिसिङ चार्जको साथमा निःशुल्क वासिङ र ग्रिजिङको सुविधा पनि प्रदान गरिने कम्पनीे जनाएको छ। 

हाइवमा ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहनेछ र त्यसकोे साथै भाग्यशाली ३४ जना ग्राहकहरुलाई स्मार्ट घडी जित्ने अवसर पनि प्रदान गरिएको छ। यस अवधिभर गोंगबु बसपार्कबाट छुट्ने बसहरुको लागि पनि विषेश चेकअप सुविधाहरुको साथमा सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।

यस अवधिभरमा ४ हजारभन्दा बढी गाडीहरुको चेकअप गर्र्ने लक्ष्य कम्पनीले लिएको छ।


प्रकाशित : मंगलबार, असोज १६ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend