मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान : रविन तामाङले जिते एक लाख

मंगलबार, असोज १६ २०८०
डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान : रविन तामाङले जिते एक लाख

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नु पर्नेछ।

काठमाडौं- डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रूपैयाँ जितेका छन्।

असोज १५ गते सोमबार भएको लक्की ड्रमार्फत रविन तामाङले नगद एक लाख रूपैयाँ जितेका हुन्। 

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझै जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद दश लाख रूपैयाँ जित्नुका साथै मिडियामा प्रसिद्धी र सेलिब्रेटीझै जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नु पर्नेछ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

असोज १ गतेदेखि लागु भएको यो योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ।


प्रकाशित : मंगलबार, असोज १६ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend