बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एडीबीमार्फत ६ करोड अमेरिकी डलर ऋण सहायता लिइँदै

images
शुक्रबार, मंसिर ३ २०७८
images
विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एडीबीमार्फत  ६ करोड अमेरिकी डलर ऋण सहायता लिइँदै

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एडीबीबाट प्राप्त हुने थप ६ करोड अमेरिकी डलर ऋण सहायता लिने निर्णय भएको बताए।

images
images

काठमाडौं- सरकारले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने थप ६ करोड अमेरिकी डलर ऋण सहायता लिने निर्णय गरेको छ। 

images
images
images

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। 

images
images

यस्ता छन् मन्त्रीपरिषद्‍का अरू निर्णय-

images
images

- भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने।

- नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने।

- मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिने।

- एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

- पशुकल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने। पशुप्रति हुने निदर्यी व्यवहार रोक्नका लागि समिति गठन गर्ने। संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने।

- आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने।

- दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा. मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने।

- नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्याम सुन्दर यादव, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनीलाई बढुवा गर्ने।

- लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कीत प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने।


प्रकाशित : शुक्रबार, मंसिर ३ २०७८११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend