मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि 

मंगलबार, असोज १६ २०८०
एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि 

पुरानै मूल्यमा अब सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम बन्डलमा पाइने एनसेलले जनाएको छ।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ। यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र १०० मा आफू जहाँ भए पनि लामो समय सीमासहित मोबाइल डेटाको फाइदा लिन सक्छन्। 

यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ। ग्राहकहरूले *७१२३# डायल गरी प्राप्त जानकारीअनुसार यो प्याक सुरु गर्न सक्छन्।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब कर सहित मात्र १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्। ग्राहकले *१७१२३*५*६# डायल गरेर यो प्याक लिन सक्छन्।

त्यस्तै, करसहित ४५९ रूपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन्। यसबाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक *१७१२३*५*७# डायल गरेर लिन सकिन्छ।

'अलवेज अन डेटा' ले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैँ सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकाले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैँ सम्पर्कमा रहिरहन ठूलो भूमिका खेल्ने एनसेलले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज १६ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend