मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदीको प्रतितोला १३१० रूपैयाँ कायम

मंगलबार, असोज १६ २०८०
तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदीको प्रतितोला १३१० रूपैयाँ कायम

मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामै १३ सय रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार १३ सय रूपैयाँले घटेको हो। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको मंगलबारयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २० रूपैयाँले घटेको थियो।


प्रकाशित : मंगलबार, असोज १६ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend