मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोमको २४ घण्टे अफर : एक वर्षको रिचार्ज गर्दा दुई वर्षसम्म चलाउन पाउने

सोमबार, असोज १५ २०८०
डिशहोमको २४ घण्टे अफर : एक वर्षको रिचार्ज गर्दा दुई वर्षसम्म चलाउन पाउने

काठमाडौं- डिशहोम फाइबरनेटले एसिया कप क्रिकेटलाई लक्षित गरी २४ घण्टे अफर सार्वजनिक गरेको छ।

सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म लागु हुने यस अफरअन्तर्गत डिशहोम फाइबरनेटको एक वर्ष रिचार्ज गर्ने ग्राहकले दुई वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन सक्नेछन्।

चीनमा जारी एसियन गेम्समा क्वार्टरफाइनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ। सोही अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुका लागि यस्तो अफर ल्याएको हो। यो अफर १२ महिने रिन्यु रिचार्जमा मात्रै लागु हुनेछ।

सेवा सुरु गरेको छोटो समयमै डिशहोमले ३ लाख ग्राहक बनाइसकेको छ। 


प्रकाशित : सोमबार, असोज १५ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend