मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

झापा र चैनपुरमा गल्फ लुब्रिकेन्टका स्तरीय शोरुम सञ्चालनमा 

सोमबार, असोज १५ २०८०
झापा र चैनपुरमा गल्फ लुब्रिकेन्टका स्तरीय शोरुम सञ्चालनमा 

नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उद्घाटन गरेको छ। 

काठमाडौं- गल्फ लुब्रिकेन्टको दुई नयाँ शोरुम सञ्चालनमा आएको छ। संखुवासभाको चैनपुर र झापाको बिर्तामोडमा गल्फ लुब्रिकेन्टको दई नयाँ शोरुम हालै उद्घाटन भएको हो। 

नेपालमा ३९ वर्षदेखि विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं बितरक नेपाल ल्युब आयल लिमिटेडले उक्त शोरुम सञ्चालनमा ल्याएको हो। नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उद्घाटन गरेको छ। 

ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने लक्ष्यको अनुरुप यो नयाँ शोरुमहरु  संचालनमा आएको कम्पनीले जनाएको छ। कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

लक्की सप्लायर्स र साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्। शोरुम उद्घाटन पछि करण चौधरीले गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड भएको र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्डसमेत भएको बताए। 

ग्राहकलाई उच्च सेवा प्रधान गर्ने मूल उद्देश्य रहेको र यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठूलो भूमिका निर्वाह गरेको उनको भनाइ छ। ‘यही उद्देश्य अनुरुप हामीले दुई नयाँ उच्चस्तरीय शोरुमहरु सञ्चालनमा ल्याएका हौँ र भविष्यमा सहजतालाई ध्यानमा राखि अरु शोरुमहरु पनि सञ्चालनमा ल्याउने छौँ,’ चौधरीले भने। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।


प्रकाशित : सोमबार, असोज १५ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend