मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

कनेक्ट आईपीएसमार्फत फ्लाइट टिकटको भुक्तानी गर्दा दुई सय क्यासब्याक

सोमबार, असोज १५ २०८०
कनेक्ट आईपीएसमार्फत फ्लाइट टिकटको भुक्तानी गर्दा दुई सय क्यासब्याक

क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स र यती एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध छ।

काठमाडौं- नजिकिँदै गरेको दसैँलगायत चाडपर्वलाई लक्षित गरी कनेक्ट आईपीएसले फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक 'उडु-उडु लाग्छ' अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा हरेक हप्ता दुई सय जनाले दुई सय क्यासब्याक पाउनेछन्। साथै ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेसन जित्न सक्ने कम्पनीले जनाएको छ।

क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स र यती एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध छ। असोज १४ गतेदेखि लागु भएको यो अफर कार्तिक ११ गतेसम्म उपलब्ध हुनेछ।

एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटको बुकिङ गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन्। अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिनेछ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्लाटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानी गर्नका लागि एक प्रमुख तथा सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ।


प्रकाशित : सोमबार, असोज १५ २०८००९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend