बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

लम्बियो मनसुन, तत्काल धान नकाट्न तथा काटेको भए भित्र्याइहाल्न मौसमविद्‌को आग्रह

images
सोमबार, असोज १५ २०८०
images
लम्बियो मनसुन, तत्काल धान नकाट्न तथा काटेको भए भित्र्याइहाल्न मौसमविद्‌को आग्रह

अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ। आज देशभरजसो नै बादल लाग्ने र धुम्म हुन्छ। घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने मौसमविद्‌को भनाइ छ।

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।

images
images
images

सामान्यतया अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए। उनले अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए। 

images
images

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ।

images
images

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए। 'अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्र्याइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ। दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ', उनले भने। 

उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। अहिले नेपालको कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ।

भारतको उडिसा, छत्तीसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ। आज देशभरजसो नै बादल लाग्ने र धुम्म हुन्छ। घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए। 

जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो। त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो। हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ। पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ। मनसुन भित्रिन पनि ढिला गरिरहेको छ। यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ।

यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो। तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो। सुरुमा कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू-भागमा मनसुन आगमन भएको थियो। यसपाली मनसुनको सुरुवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ। 

यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो। मनसुनका समयमा औसतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो। औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ।

जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विश्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो। रासस


प्रकाशित : सोमबार, असोज १५ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend