आइतबार, जेठ ६ गते २०८१    
images
images

एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

images
सोमबार, असोज १५ २०८०
images
images
एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एनसेलले वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विश्व मुटु दिवसको समेत अवसर पारी गत शुक्रबार काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो।

images
images
images

शिविरमा चार सयभन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए। नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए।

images

एनसेलले वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो। यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरु गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको एनसेलले जनाएको छ। बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा औषधि आवश्यक भएकाहरुलाई निःशुल्क औषधि पनि दिइएको थियो।  

images
images

स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरको आयोजना गरिएको हो', एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'एनसेल आफ्नो समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध छ। काठमाडौंलगायत देशको विभिन्न भागमा यस किसिमको स्वाथ्य शिविर छिट्टै आयोजना गर्नेछौँ।'

images
images

एनसेलले ‘हामी तपाईँकै लागि’ थिमअन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ। जसमा व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमती करिडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन्। 


प्रकाशित : सोमबार, असोज १५ २०८००६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend