मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सोमबार पनि सामान्य घट्यो

सोमबार, असोज १५ २०८०
सुनचाँदीको मूल्यमा लगातार गिरावट, सोमबार पनि सामान्य घट्यो

सोमबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार तोलामा ८ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको हो। 

सोमबारका लागि छापावाल सनुको मूल्य एक लाख ७ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार चार सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

गएको मंगलबारयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। 


प्रकाशित : सोमबार, असोज १५ २०८००६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend