मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

हेटौंडामा एम स्टार्टअप बिजनेस इन्कुबेसन सेन्टर स्थापना

आइतबार, असोज १४ २०८०
हेटौंडामा एम स्टार्टअप बिजनेस इन्कुबेसन सेन्टर स्थापना

संचालनमा ल्याएको उद्योग संघका अध्यक्ष स्वागत राज प्याकुरेलले जानकारी दिए। 

काठमाडौं- मकवानपुरको हेटौंडामा एम स्टार्टअप बिजनेस इन्क्युबेशन सेन्टर स्थापना भएको छ। 

सेन्टर स्थापनासँगै पाँच दिने नवउद्यमशाला बुटक्याम्प पनि सुरू भएको छ।  बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका हुन्। 

यूवा उद्यमीहरूलाई स्टार्टअपका रूपमा आफ्ना व्यवसायिक विचारहरू परीक्षण गर्ने अवसर प्रदान गर्न यो एम स्टार्ट अप बिजनेस इन्क्युबेशन सेन्टर संचालनमा ल्याएको उद्योग संघका अध्यक्ष स्वागत राज प्याकुरेलले जानकारी दिए। 

प्रारम्भिक चरणमा उक्त सेन्टरले युवा उद्यमीहरूलाई कार्यस्थल, लजिस्टिक सपोर्ट, प्रदर्शनी मार्फत अवधारणा परिक्षण, मेन्टर र अनुभवीहरूद्वारा मार्गदर्शन, सरकारी निकायहरू र शिक्षाविद्हरूसँग अन्तरक्रिया, वित्तीय संस्थाहरूसँग जोडिने अवसरहरू र इच्छुक व्यक्तिहरूको लगानी उपलब्ध गराएर स्टार्टअप कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य संघ मकवानपुरले जानकारी दिएको छ। 

 


प्रकाशित : आइतबार, असोज १४ २०८०१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend